+
+
Shares

हामी काम गर्ने सोचमा छौं, फाइल बन्द गर्दैनौं : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १८:५९

१६ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरुको भाडा सम्झौता समयानुकुल बनाइने बताएकी छिन् ।

बुधबार परिषद्का संरचनाको अनुगमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले परिषद्का संरचनाको बाँकी बक्यौता उठान व्यापारी तथा संघसंस्थाहरुलाई तत्काल पत्र काट्ने पनि जानकारी दिइन् ।

‘कति वटा वक्यौता बाँकी छ भन्नेकुरा सुनेका थियौं । आज हामीले आँखाले देखेका छौँ । आजको समस्यालाई हेरेर जुन वक्यौता धेरै नै बढेको छ । जसले वर्षौंदेखि ओगटेर राख्नुभएको छ तर असुल भएको छैन । हामीले १० देखि १५ दिनभित्रमा बक्यौता फर्छ्यौट गरिदिन परिपत्र गर्नेछौं । हामीले भाडा उठाएका छौं तर त्यो अनुसारको सुविधा दिन सकेका छैनौं,’ उनले भनिन् ।

सरकारले कति वटा संघसंस्थाहरूले बक्यौता दिएका छैनन् त्यसबारे सूची तयार भइसकेको र १५ दिनभित्र पत्र काटिसक्ने बताइन् ।

भाडा सम्झौता नवीकरण गर्ने समयमा समयानुकुल भाडादर निर्धारण गरिने पनि बताइन् ।

‘हामी काम गर्ने सोचमा छौं, फाइल खोलेर बन्द गर्ने सोचमा छैनौं । त्यसअनुसार नै प्रयास गर्छु । जसको वक्यौता बाँकी छ, लिस्ट तयार गरिसकेका छौँ । शुरुवात व्यापारिक प्रयोजनबाट शुरु गर्नेछौं । एमओयु नयाँ गर्ने क्रममा मूल्य निर्धारण गरेर पनि अघि बढ्नेछौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?