+
+
Shares

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशका मनाङबाहेक १० जिल्लाका १८ अस्पतालमा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ।
  • गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत छ, जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो।
  • प्रदेशमा मातृ मृत्युदर घट्दै गएको छ र गत आवमा १३ गर्भवती र सुत्केरी आमाको मृत्यु भएको छ।

१६ पुस, गण्डकी : मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीका अनुसार जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । सामान्य प्रसूति सेवाका लागि प्रदेशभर ३६४ प्रसूति केन्द्र छन् ।

शल्यक्रियामार्फत प्रसूति सेवा दिने अस्पतालसँगै घरमै सुत्केरी गराउने क्रम घट्दै गएको महाशाखा प्रमुख केसीले बताए। सन् २०२२ को नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत छ । जुन मुलुकको औसत ७९ प्रतिशतभन्दा बढी हो ।

यस्तै दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर गण्डकीको ८९ प्रतिशत छभने राष्ट्रिय औसत जम्मा ८० प्रतिशत छ । स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्य परीक्षण गराउने गर्भवतीको सङ्ख्या पनि नेपालको औसत तुलनामा गण्डकी प्रदेशमा बढी छ । राष्ट्रिय रूपमा औसत ८१ प्रतिशतले गर्भवतीले स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्थ्य परीक्षण गराउँछन् भने गण्डकीमा ८५ प्रतिशतले गराउने गरेका छन् ।

सरकारले सन् २०३० सम्ममा गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराउने दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । विसं २०७८ को जनगणनाअनुसार प्रदेशमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १६१ देखाएको थियो । गत आवमा भने जम्मा १३ जना गर्भवती र सुत्केरी आमाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मातृशिशु मृत्युदरमा सुधार देखिएपनि चुनौती भने कायमै रहेको मन्त्रालयको अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरणसँगै स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गर्न प्रदेशका ११ वटै जिल्लामा अभियान थालिएको सचिव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?