+
+
Shares

रास्वपालाई बधाई दिँदै सुमना श्रेष्ठले भनिन्- नयाँ सम्भावनाहरू फुल्ने वातावरण मिलोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १९:३७
फाइल तस्वीर

१६ पुस, काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावारण मिलोस् भन्ने शुभकामना दिएकी छिन्  ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘नयाँ रास्वपालाई शुभकामना छ । जनताको चाहना बलियो नयाँ शक्ति थियो, छ र त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद छ । बधाई छ ।’

‘म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिएन । रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर हैन । देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपालीमात्र भएर बाँच्न सक्ने अवसर बनाउने बाहेक कुनै एजेन्डा छैन मेरो,’ उनले भनेकी छन् ।

राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी नरहने उनको भनाइ छ ।

उनले  लेखेकी छन्- ‘नयाँ रास्वपामा नयाँ पुराना साथीहरूले अहिले उठाउनु भएको प्रश्नहरू अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ । सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ भन्ने ज्ञात रहोस् ।’

आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा समाचार र धारणा नबउनले उनले आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, ‘म नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीका लागि जनता माझ थिएँ र अनवरत छु । दल, चिह्न, पद, भूमिका सबै अस्थायी हुन् । जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो । म प्रति को चासो र चिन्ताका लागि धन्यवाद ! केही नियोजित गाली बाहेक सबै चासो, चिन्ता र आलोचनामा तपाईंहरूले म प्रति देखाउनु भएको माया भन्ने बुझेकी छु ।’

उनले अगाडि भनेकी छन्, ‘मेरो राजनैतिक भविष्यको चिन्ताको सट्टा देश र तपाईंलाई भरोसा लाग्ने पार्टी भित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनु होला । त्यो बिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?