१६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् ।
बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए ।
लगत्तै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कोइराला एक महिना अघिमात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4