+
+
Shares

सुनको भाउ अझै ओरालो

सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ बिहीबार तोलाको १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको भाउ पनि बिहीबार तोलाको ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारदेखि लगातार सुन र चाँदीको भाउ घटिरहेको जानकारी दिएको छ।

१७ पुस, काठमाडौं । आइतबार कीर्तिमान बनेको सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी छ ।

आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।  मंगलबार पनि सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?