+
+
Shares

स्विटजरल्यान्डको रिसोर्टमा विष्फोट हुँदा १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १४:४१

काठमाडौं । स्विटजरल्यान्डको एक रिसोर्टको बारमा विष्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । क्रान्स मोन्टाना शहरको स्की रिसोर्टमा स्थानीय समय अनुसार बुधबार राति साढे १ बजे विष्फोट भएको थियो ।

सो घटनामा नयाँ वर्ष मनाउन भेला भएकाहरू हातहत भएको बीबीसीले जनाएको छ ।

द मिररले स्थानीय सञ्चार माध्यमहरूलाई उल्लेख गर्दै १० जनाको मृत्यु र १०० जना घाइते भएको जनाएको छ ।

त्यसबखत रिसोर्टमा तीन सयभन्दा धेरै मानिस थिए । विष्फोटपछि रिसोर्टमा आगलागी भएको थियो भने ज्यान जोगाउन मानिसहरू भागाभाग गरेका थिए । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा आगोको ज्वाला भयानक देखिन्छ ।

क्रान्स मोन्टनाना स्विस आल्पस माउन्टेन रेन्जमा पर्ने सुविधासम्पन्न रिसोर्ट शहरको रूपमा परिचित छ । यो शहर स्विटजरल्यान्डको राजधानी बर्नबाट करिब दुई घण्टाको दुरीमा पर्दछ । यो ब्रिटिस पर्यटकमाझ बढी लोकप्रिय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?