+
+
Shares

विपश्यना ध्यान विधि : बुद्धले ज्ञान पाएको मार्ग

डा. दिनेश प्रसाद बराल डा. दिनेश प्रसाद बराल
२०८२ पुष १७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपश्यना ध्यान विधि भित्री आँखाबाट आफूलाई निरीक्षण गर्ने प्रक्रिया हो र यसले मनको क्लेस मेटाउँछ।

आजभन्दा करिब २५६० वर्ष पहिले आम मानिसहरू जस्तै  गरी पृथ्वीमा पदार्पण भएका हुन् भगवान गौतम बुद्ध । फरक के थियो भने उनको जन्म राजपरिवारमा भएको थियो । उनी विशेष खालको हेरचाह र लालनपालनका साथ हुर्किएका थिए । यतिसम्म कि  खाना खान दु:ख हुन्छ भनेर उनलाई खुवाउनका लागि सहयोगीको व्यवस्था गरिएको थियो ।

जीवनमा कुनै सानो दुःख समेत नहोस् भनेर खाने, हिँड्ने, डुल्नेसम्मका उनका गतिविधि गर्न विशेष प्रकारका व्यवस्था गरिएको थियो । अरू कसैले दु:ख पाएको, मृत्यु भएको देख्नु नपरोस भनी सोही किसिमको व्यवस्था दरबारमा गरिएको थियो ।

लौकिक कथन अनुसार जब उनी युवा अवस्थामा पुगे एक दिन दरबार अगाडिबाट लास लैजाँदै गरेको देखे । सबैजसो मान्छेहरू रोइरहेका थिए । अनि सिद्धार्थले आफू नजिक रहेका एक पुरुषलाई यसबारे सोधे- त्यो के भएको हो ? किन मान्छेहरू रोइरहेका छन् ? यो उमेरसम्म उनलाई मान्छेको मृत्यु हुन्छ, अन्त्येष्टि गर्नुपर्छ, आफन्तहरू दु:खी हुन्छन्, रुन्छन् भन्ने कुरा थाहै थिएन ।

यो थाहा पाएपछि उनी दु:ख के हो ? मृत्यु किन हुन्छ जस्ता प्रश्नको उत्तर खोज्न दरबार छाडेर निस्किए ।

लामो र कठोर साधनापछि सिद्धार्थले विपश्यना ध्यान विधिको साक्षात्कार गरी गौतम बुद्ध बन्न पुगे । आज संसारका लाखौं मानिसहरू दु:खबाट मुक्त हुन त्यही ध्यान विधिलाई प्रयोग गरिरहेका छन् ।

सिद्धार्थलाई दु:ख के हो भन्ने जान्न दृढ इच्छा जाग्नु एक समान्य परिघटना थियो तर यसको नतिजाले उनलाई भगवानको दर्जा मिल्यो । उनले दुःखलाई चिनेनन् मात्रै दुःखका कारण, निवारणको उपाय, दु:खबाट मुक्ति हुने मार्ग समेत पत्ता लगाए । अनि आफूले बोध गरेको ज्ञानलाई ४५ वर्षसम्म बाँडिरहे । नेपाल, भारत, भुटान श्रीलंका, अफगानिस्थान, बर्मा, भियतनाम, लाओस, जापान, कोरिया, मलेसिया, चीन, ताइवन जस्ता कयौं देशमा बुद्धले आफ्नो ज्ञान छरे ।

त्यो बेला अहिलेजस्तो ठूला-ठूला देश थिएनन्, साना-साना राज्यहरू हुन्थे । भारतमा मात्रै ५०० भन्दा बढी राज्यहरू थिए । आफूले पाप्त गरेको ज्ञान उनले गुरु-शिष्य प्रणालीमार्फत फैलाए ।

अब चर्चा गरौं विपश्यना ध्यानको ।  के हो विपश्यना ध्यान विधि ? यो सबैका लागि प्रभावकारी छ त ?

विपश्यना विशिष्ठ प्रकारको अन्तरयात्राको मार्ग हो ।आफूमा के भइरहेको, किन भइरहेको छ, कसरी भइरहेको छ ? त्यसलाई जस्ताकोतस्तै भित्री आँखाले हर्ने मार्ग नै विपश्यना हो । यसमा आफूलाई भित्री आँखाबाट निरीक्षण गर्न सकिन्छ तर यो ठिक, यो बेठिक भनेर निर्णय हुँदैन ।

जस्तो:- हामी एक समुन्दको छेउमा बसेर किनारातिर आइरहको छालको तरंगलाई हेर्छौं । तर त्यसमा यसरी छाल आउनुपर्छ भनेर हामीले सच्चाउन सक्दैनौं । केवल त्यसलाई हेर्न तथा परिस्थितिलाई स्वीकार मात्र गर्न सक्छौ । त्यही तरिकाले मनबाट उत्पन्न भएका विचार र भावनालाई ज्ञानरुपी तेश्रो नेत्रले त्यही रूपमा विचरण गर्नु नै विपश्यना ध्यान हो ।

विपश्यना ध्यान विधि लाखौं शब्द प्रयोग गरे पनि जान्न सकिन्छ तर यो स्वयात्राको प्रयोगबाट मात्र अनुभूति गर्न सकिन्छ । त्यसैले सममै गुरु आश्रम तथा संधमा गएर १० दिन ध्यान शिविरमा सहमागी भई जीवनलाई रुपान्तरण गर्न सकिन्छ । कर्मको फलबाट निवार्ण होइन ज्ञानको फलबाट मात्र निवार्ण प्राप्त गर्न सकिन्छ विपश्यना ध्यानले नै मनको क्लेस मेटाउँछ ।

विपश्यनालाई अझ सरल रूपमा यसरी बुझ्न सकिन्छ

-जे भइरहेको त्यसलाई जस्ताको तस्तै जान्नु विपश्यना हो ।

-अगाडिको मनलाई पछाडीको मनले जान्नु नै विपश्यना हो ।

-सही होस वा गलत होस् अरूको मनलाई विचार नगरी आफ्नो मनलाई जान्न खोज्नु नै विपश्यना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?