+
+
Shares

वास्तविक जेनजी रुवाएर चुनाव हुन सक्दैन : दुर्गा प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन्।
  • प्रसाईंले ११ सयभन्दा बढी सक्कली जेनजी जेलमा रहेको बताए ।
  • केही नक्कली जेनजीलाई साथ लिएर सरकारले वास्तविक जेनजी रुवाएर चुनाव अघि बढाउन नसक्ने उनको भनाइ छ ।
  • प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा भएको वार्तामा जेनजीका प्रतिनिधिले तत्काल रिहाइको माग गर्दै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताएका थिए।

१७ पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् ।

जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी समूहका सक्कली जेनजीलाई रुवाएर सरकार चुनावमा जान नसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले भने, ‘११ सयभन्दा बढी जेनजी जेलमा छन् । केही नक्कली जेनजीलाई साथ लिएर सरकार वास्तविक जेनजी रुवाएर अघि बढिरहेको छ । जेनजी रुवाएर २१ फागुनमा चुनाव सम्भव छैन ।’

वार्तामा प्रसाईंसँगै केही जेनजीका प्रतिनिधि पनि सहभागी थिए । उनीहरूले आफ्ना ११ सयभन्दा बढी साथी विभिन्न अभियोगमा थुनामा रहेको भन्दै तत्काल रिहाइको माग गरेका थिए ।

‘जेनजीका भाइहरूले जेनजी आन्दोलनमार्फत् तत्कालीन भ्रष्ट सरकारलाई ढालेर तपाईंहरूलाई सरकारमा पुर्‍यायौं । अहिले हाम्रा ११ सय साथी जेलमा छन् । तपाईंहरूले न भ्रष्टलाई कारबाही गर्न सक्नुभयो, न अपराधीलाई भन्ने कुरा राख्नुभयो,’ प्रसाईंले भने, ‘प्रधानमन्त्री केही गलेजस्तो देखिनुभयो । मैले तपाईं नगल्नुस्, तपाईं गल्नु पर्दैन । हामीले उठाएका मुद्दा तपाईं र मेरा होइनन्, देशका हुन् । यिनलाई पूरा गरेर जानुस् भनें ।’

वार्ताको क्रममा जेनजी प्रतिनिधिले सरकार बाहिर रहँदा पाँच दिनभित्र भ्रष्टाचारीलाई कारबाही गर्न सकिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसमा प्रधानमन्त्रीले निरीहता प्रदर्शन गरेको प्रसाईंको भनाइ छ ।

‘एकजना बैनीले सरकार बाहिर हुँदा पाँच दिनमै भ्रष्टाचारीलाई कारबाही गर्छु भन्नुभएको होइन । अहिले किन गर्न सक्नुभएन भनेर प्रश्न राख्नुभयो । प्रधानमन्त्रीले यस्तै रहेछ । ठाउँनै यस्तो रछ भन्ने जवाफ दिनुभयो,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?