+
+
Shares

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख संकलन

२३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले कोष गठन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १७ पुससम्म १२ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ।
  • २३ र २४ भदौको जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले कोष गठन गरेको थियो।
  • मेटलाइफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ कोषमा जम्मा गरी अर्थमन्त्री रामेश्वर खनाललाई जानकारी गराएको छ।

१७ पुस, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैयाँ बराबर रकम जम्मा भएको छ ।

अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म कोषमा उक्त परिमाण बराबर रकम जम्मा भएको हो । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले कोष गठन गरेको थियो ।

कोषमा बिहीबार  मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ जम्मा गरेको छ ।

सहयोग रकम कोषमा जम्मा गरी त्यसको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई गराए ।

कोषमा पुर्‍याएको योगदानका लागि नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?