+
+
Shares

जापानी संसदमा शौचालय थप्‍न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १३:५२
Photo Credit : AFP

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको संसद भवनमा महिला सांसदको संख्या बढेसँगै थप महिला शौचालयको व्यवस्था गर्न करिब ६० महिला सांसदले निवेदन दिएका छन्।
  • अक्टोबर २०२४ को चुनावमा ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूले गुनासो गरेका छन्।
  • सरकारले महिला सशक्तीकरणको कुरा गर्दै आएको र यस प्रस्तावलाई सकारात्मक रूपमा लिने संकेत गरेको छ।

१८ पुस, काठमाडौं । जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्।

प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्।

अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूको गुनासो छ।

प्लेनरी बैठक सुरु हुनु अघि महिला शौचालयमा लामो लाइन लाग्ने गरेको र कतिपय सांसदले शौचालय प्रयोग नै त्याग्नुपरेको बताएका छन्।

संसद भवन सन् १९३६ मा निर्माण भएको हो, जुन महिलाले मतदान अधिकार पाउनु अघिकै समय हो। हाल तल्लो सदनमा महिलाको प्रतिनिधित्व करिब १६ प्रतिशत छ।

महिला सशक्तीकरणको कुरा गर्दै आएको सरकारले यस प्रस्तावलाई सकारात्मक रूपमा लिने संकेत दिएको छ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?