+
+
Shares

कांग्रेस महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:१०

१८ पुस, काठमाडौँ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको भन्नुभयो । १५औं महाधिवेशन पुस २६ मा तोकिएको थियो त्यो २०८३ वैशाख २८-३१ गतेको तालिका प्रस्ताव गर्नु भएको छ,’ उनले भने ।

यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।

महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर नियमित महाधिवेशन स्थगन भएको र विशेष महाधिवेशनमा होमिनुपर्ने बताएका छन् ।

बिहीबार साँझ दुई महामन्त्रीले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशनको विकल्प नभएको बताएपछि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । त्यसअघि उनले संस्थापन समूहका नेताहरूसँग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?