१८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–२ बिशंखुमा ड्रग्स (लागुऔषध) को नसामा म्युजिकल पार्टी चलाइएको खुलेको छ ।
उक्त पार्टीबाट लागुऔषधसहित ९ जना पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा पाँच भारितीय, एक ग्रिस र तीन नेपाली नागरिक छन् ।
दक्षिण एसियाका विभिन्न देशहरूमा हुने अन्डर ग्राउन्ड म्युजिकल पार्टीको विश्लेषण गरी दक्षिण भारतको इभेन्ट आयोजक र केही नेपाली समेतको योजनामा ड्रग्स पार्टी गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेकाहरूबाट एलसीडी, गाँजा, चरेशजस्ता लागुऔषध बरामद भएको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4