News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
- सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराएको हो।
- आर्मीले फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ र खेल शनिबार हुनेछ।
१८ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराउँदै आर्मी फाइनलमा पुगेको हो
पहिलो सेट जितेर लगातार दुई सेट गुमाएको आर्मीले त्यसपछि लगातार दुई सेट जितेको हो । आर्मी २५-२०, २३-२५, १५-२५, २६-२४ र १५-१२ ले विजयी भयो ।
दोस्रो र तेस्रो सेटमा शानदार प्रदर्शन गरेपनि रुकुम पश्चिमले चौथो सेटमा नजिक पुगेर हार बेहोरेको थियो ।
आर्मीका लागि कप्तान धन बहादुर भट्टले अट्याकबाट २३ सहित सर्वाधिक २४ अंक स्कोर गरे भने सुनिल बोहराले २१ अंक जोडे । दुर्गा बहादुर खड्काले १५ र शरन सामरी क्षेत्रीले १४ अंक जोडे ।
रुकुम पश्चिमका लागि अहमेद मुस्ताफाले एक्लै ३६ अंक स्कोर गरेका थिए । जसमा ३५ अंक अट्याकबाट थियो । यस्तै माजर अलीले अट्याकबाट २८ सहित २९ अंक जोडे ।
आर्मीले अब उपाधिका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4