२० पुस, काठमाडौँ । मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन् । आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनी राजनीतिमा होमिएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिने कि कुनै दल प्रवेश गरेर चुनावमा होमिने भन्ने छलफलमै रहेको बताए ।
सन् २०१२ देखि मानव अधिकारका लागि युवा नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा सक्रय केसी युवा सशक्तीकरण, नागरिक जिम्मेवारी, न्याय र जवाफदेहीताका विषयमा बहस चलाउँदै आएका छन् ।
सन् २०१४ मा बेल्जियम ब्रुसेल्समा प्रदान गरिएको मानव अधिकार नायक पुरस्कारले मानव अधिकार शिक्षामा उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको थियो। त्यसपछि उनले विश्वका ५० भन्दा बढी विश्वविद्यालयहरूमा नेतृत्व, शासन र सामाजिक उत्तरदायित्वका विषयमा अभिमुकरण सञ्चालन गर्दै आएका छन् ।
२०१७ मा, उनले १२० भन्दा बढी देशका युवालाई जोड्ने अन्तर्राष्ट्रिय युवा मञ्च सह-स्थापना गरे, जसले विश्वभरका युवालाई नीतिगत संवाद र प्रणालीगत परिवर्तनका लागि साझा प्लेटफर्म प्रदान गरेको छ।
प्रतिक्रिया 4