+
+
Shares

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १५:०८

२० पुस,बुटवल । उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी निर्वाचित भएका छन् । संघको सातौं साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी ,उद्योग उपाध्यक्षमा केशव श्रीस मगर ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।

यस्तै कार्यसमिति सदस्यहरू कृष्णप्रसाद भुसाल न्याजुद्धिन मियाँ,नारायण प्रसाद पाण्डे, बिनोद खाती, बिशाल पन्थी, प्रशान्त बन्जाडे जीवन बुढाथोकी, भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे,लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भविश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष पन्थीले ‘स्वाधीन अर्थतन्त्र निमाृणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’लाई केन्द्रमा राखेर सदस्यता विस्तार,सचिवालय भवनका लागि जग्गा प्राप्ति र निर्माण तथा आगामी वर्षको पुस पहिलो हप्तादेखि बुटवल मण्डपमा राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला आयोजना आफ्नो प्राथमिकतामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?