+
+
Shares

एमाले प्रदेश अध्यक्ष गुलावजंग शाह सल्यानबाट एकल सिफारिस

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार हुनका लागि सल्यानबाट एकल सिफारिस भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:४६

२० पुस, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार हुनका लागि सल्यानबाट एकल सिफारिस भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एमाले सल्यानले शाहलाई उम्मेदवार सिफारिस गरेको हो ।

एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले शाहलाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटीको आठौँ पूर्ण बैठकबाट शाहलाई प्रत्यक्ष तर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

२०७४ को आम निर्वाचनमा प्रदेशसभा सांसद बनेका शाह २०७९ को निर्वाचनमा भने प्रदेशसभामा पराजित भएका थिए । पार्टीको पोलिट व्यूरो सदस्य रहेका शाहपछि प्रदेश अध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?