News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विवाद समाधानका लागि मध्यमार्गी विकल्प खोज्न आफूनिकट नेताहरूलाई खटाएका छन्।
- कोइरालाले सोमबार बिहान बसुन्धरास्थित निवासमा मध्यमार्गी विकल्पबारे सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, डा. गोविन्दराज पोखरेल र देवराज चालिसेसँग छलफल गर्नुभएको थियो।
- विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेताहरूसँग कोइरालाले संवाद गरी विवाद समाधानको प्रयास गरिरहेका छन्।
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीमा चुलिएको विवाद समाधानका लागि मध्यमार्गी विकल्पको खोजीका लागि नेताहरू खटाएका छन् ।
संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि धकेलेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले मध्यमार्गी विकल्पको खोजीका लागि आफूनकिट नेताहरूलाई खटाएका हुन् ।
विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने र विशेषको औचित्य समाप्त भइसकेको अडानका कारण कांग्रेसमा विवाद बढ्दो छ ।
नेता कोइरालाले सोमबार बिहान बसुन्धरास्थित निवासमा आफूनिकट (विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेकासहित) नेताहरूसँग सम्भावित मध्यमार्गी विकल्पबारे छलफल गरेका छन् ।
छलफलमा सहमहामत्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, हस्ताक्षर अभियानको नेतृत्व गर्नेमध्येका देवराज चालिसेलगायतको सहभागिता थियो ।
‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनुभएको थियो,’ छलफलमा सहभागी नेता पोखरेलले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नुभएको छ ।’
नेता कोइरालासँगको छलफलपछि चालिसे हस्ताक्षरका लागि अभियान सञ्चालन गरेका नेताहरूसँग परामर्शमा जुटेको पोखरेलले जानकारी दिए ।
‘देवराजजी आफ्नो टिमसँग छलफल गर्दै हुनुहुन्छ,’ नेता पोखरेलले भने, ‘शेखर दाइले हामीहरूलाई पनि कसरी मिलाउन सकिन्छ भनेर संवाद गर्न लगाइरहनुभएको छ । एकछिन पछि देवराजजी र हामी फेरि भेट्छौं ।’
प्रतिक्रिया 4