News Summary
Generated by OK AI. Editorially reviewed.- तेल निर्यात गर्ने देशहरूको सङ्गठन ओपेक प्लसले फेब्रुअरी र मार्च २०२६ मा तेल उत्पादन वृद्धि रोक्ने निर्णय गरेको छ।
- यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानको भर्चुअल बैठकपछि गरिएको हो।
- ओपेकले फेब्रुअरी १ मा अर्को बैठक गर्ने र आगामी निर्णयहरू लिने जनाएको छ।
२१ पुस, भियना । तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ ।
ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो ।
यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक प्लसका सदस्य देशहरूको भर्चुअल बैठकपछि गरिएको हो ।
बैठकमा विश्व तेल बजारको अवस्था र आर्थिक परिदृश्यको समीक्षा गरिएको थियो ।
ओपेक प्लसका यी आठ देशहरूले अप्रिल सन् २०२५ देखि मासिक रूपमा तेल उत्पादन बढाउँदै आएका थिए ।
तर, गत वर्ष नोभेम्बरको अन्त्यतिर मौसमी अवस्थालाई ध्यानमा राख्दै जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा उत्पादन वृद्धि रोक्ने निर्णय गरिएको थियो ।
विज्ञप्तिअनुसार, सदस्य देशहरूले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने बताएका छन् ।
ओपेकले ओपेक प्लसका यी आठ देशहरूको अर्को बैठक फेब्रुअरी १ मा हुने र त्यस बैठकमा आगामी निर्णयहरू लिइने जनाएको छ ।
प्रतिक्रिया 4