News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङमा भएको ३३औं त्रिवेणी कप फुटबलको उपाधि विभागीय टोली एपीएफले लगातार दोस्रो पटक जितेको छ।
- फाइनलमा एपीएफले लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै ट्रफी र १२ लाख रुपैयाँ प्राप्त गरेको छ।
- युवराज खड्का र प्रदीप लामाले गोल गरे, युवराज प्लेअर अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ हात पारे।
लमजुङ । लमजुङमा भएको ३३औं त्रिवेणी कप फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा लाङ्दीदेवी एफसी, नाल्मालाई २–० ले पराजित एपीएफले उपाधि रक्षा गरेको हो ।
लगातार दोस्रो पटक च्याम्पियन बनेको एपीएफले ट्रफी र १२ लाख रुपैयाँ प्राप्त गर् उपविजेता लाङ्दीदेवीले ६ लाख हात पार्यो ।
एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । युवराजले खेलको ७७औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । प्रदिपले ८३औं मिनेटमा एपीएफको अग्रता दोब्बर पारे ।
युवराज नै फाइनल खेलको प्लेअर अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।
व्यक्तिगत विधातर्फ एपीएफकै वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका सन्तोष खत्री र उत्कृष्ट गोलकिपर एपीएफकै एन्जल श्रेष्ठ घोषित भए । एपीएफका प्रदिप लामा र समीर थोकर सर्वाधिक गोलकर्ता घोषित भए । दुवैले समान ३ गोल गरेका थिए ।
सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
तस्बिर : हिमालयन मनोज
प्रतिक्रिया 4