+
+
Shares

८ पटक मुद्दा चलेका व्यक्ति नवौं पटक मोटरसाइकल चोरीमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ११:१६

२४ पुस, काठमाडौं । विभिन्र कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्ति अहिले नवौं पटक चोरी कसुरमा समातिएका छन् ।

चोरी कसुरमा नवौं पटक पक्राउ परेका व्यक्ति हुन् दोलखाको गौरीशंकर गाउँपालिका–८ का २३ वर्षीय अब्राहम थामी । उनीसँगै दुई मोटरसाइकल चोरी आरोपमा प्रहरीले दोलखाकै बिगु गाउँपालिका–८ का २३ वर्षीय गोविन थामी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

१५ पुसमा तीनकुने पार्किङ गरेर राखेको बा. प्र. ०२–०२३ प ६२०७ नम्बरको २२० सिसीको पल्सर र सोही दिन सिनामंगलमा पार्किङ गरेको बा. प्र. ०२–००२ प ०८५९ नम्बरको २२० सिसीकै पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

पक्राउ परेका मध्ये अब्राहम २०७६ देखि अहिलेसम्म आठ पटक मुद्दा चलिसकेको भेटिएको छ । २०७६ मा चोरी तथा डाँका, अभद्र र चोरी गरी तीन पटक तीन फरक ठाउँबाट मुद्दा चलेको भेटिएको छ । २०७७ मा तीन तीन फरक ठाउँबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । २०८० मा भने दोलखाबाट सवारी ज्यानको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?