News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय बजारमा नेपाली मेवाको भाउ प्रतिकिलो औसत २० रुपैयाँले घटेको छ।
- बुधबार नेपाली मेवा थोकमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भएको थियो भने बिहीबार न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँमा किनबेच भइरहेको छ।
- भारतीय मेवाको भाउ भने स्थिर रहेको छ र प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
२४ पुस, काठमाडौं । स्थानीय बजारमा मेवाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार मेवाको भाउ घटेको देखाएको हो ।
बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ घटेको छ ।
हिजो बुधबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने मेवा न्यूनतम ६० देखि अधिकतम ७० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै भारतीय मेवाको भाउ भने स्थिर छ । भारतीय मेवा प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय १० र ओसत १ सय रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4