News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकी सामान मात्र खरिद गर्नुपर्ने बताएका छन्।
- ट्रम्पले भेनेजुएलाले अमेरिकी कृषि उपज, औषधि, मेडिकल उपकरण र ऊर्जा सुधारका मेसिन खरिद गर्ने उल्लेख गरेका छन्।
- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई लागुऔषध तस्करी आरोपमा गिरफ्तार गरेको थियो।
२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् ।
आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद गर्नेछ ।’
‘यस्ता खरिदमा अमेरिकी कृषि उपज, औषधि, मेडिकल उपकरण र भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्रको सुधारका लागि प्रयोग हुने मेसिन सामेल हुनेछन्,’ ट्रम्पले थप लेखेका छन् ।
राष्ट्रपति ट्रम्पले भेनेजुएला अब अमेरिकाको मुख्य व्यापारिक साझेदार बन्न प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।
‘यो समझदारीपूर्ण निर्णय भेनेजुएला र अमेरिकाका साथै दुवै देशका नागरिकलाई पनि निकै राम्रो कुरा हो,’ उनले भनेका छन् ।
अमेरिकाले गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लागुऔषध तस्करीलाई वैधता दिएको आरोप लगाउँदै राजधानी काराकासबाटै गिरफ्तार गरेको थियो ।
त्यसपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनाइएको छ ।
प्रतिक्रिया 4