+
+
Shares

लौरो चुनाव चिह्न फिर्ता गर्न बालेनलाई अल्टिमेटम

लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १७:४६

२४ पुस, काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ ।

उनीहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् ।

स्वतन्त्र चुनाव चिह्न लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको उनीहरूको आरोप छ ।

रास्वपमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए ।

उनले लौरो चुनाव चिह्न स्वतन्त्रहरुको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरूको मन्दिर समेत भएको उल्लेख गरे ।

उनीहरुले लौरो अभियान वा लौरो चुनाव चिह्नलाई व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन् । एक साताभित्र उक्त चुनाव चिह्न फिर्ता नभए बालेन शाहको कार्यालय र घरको गेटअगाडि विरोधका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ ।

‘एक हप्ताभित्र लौरो चुनाव चिन्ह दिन बालेनलाई चेतावनी दिन्छौँ। नभए देश विकास पार्टीको कार्यालय र बालेनको घरमा विरोध तथा धर्नाका कार्यक्रम गर्छौँ,’ साहुले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?