News Summary
Generated by OK AI. Editorially reviewed.- स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले 'माइ कार्ड' नाममा व्यक्तिगत कार्ड सेवा सुरु गरेको छ।
- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एससीटीले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई फोटो सहित डेबिट कार्ड उपलब्ध गराउनेछ।
- यो सेवा हाल आईसीएफसी फाइनान्सबाट सुरु गरिएको छ र भविष्यमा भिजा तथा नेपालपे स्किममा विस्तार गरिनेछ।
२४ पुस, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘माइ कार्ड’ नाममा कार्ड सेवा थालेको छ ।
व्यक्तिगत कार्ड सेवा औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले यस सेवामार्फत एससीटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई आफ्नो इच्छाअनुसार फोटो राखेर एससीटी युनियन पे डेबिट कार्ड उपलब्ध गराउनेछ ।
हाल आईसीएफसी फाइनान्सबाट सुरु गरिएको यो सेवा भविष्यमा बैंक तथा वित्तीय संस्थाको रुचीअनुसार भिजा तथा नेपालपे स्किममा पनि विस्तार गरिने एससीटीले जनाएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।
एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्वीचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कारोबार सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4