२४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर निम्तो दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्री सुशीला कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर हामी राप्रपा टोलीले भेट्यौं, पौष २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दियौं,’ उनले भने ।
उनले प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्ने बताएको पनि जानकारी दिए ।
‘तपाईँहरुले प्रधानमन्त्रीको रुपमा मलाई निम्ता गर्नुभयो म आउँछु,’ प्रधानमन्त्रीलाई उदृत गर्दै श्रेष्ठले भने, ‘विगतमा को आए आएनन् त्यो हेर्ने होइन, म चाहिँ आउँछु ।’
प्रतिक्रिया 4