+
+
Shares

कोशीमा पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक : मन्त्रीको नेतृत्वमा तीन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले पुनर्गठित मन्त्रीपरिषद्को पहिलो बैठकमा तीन वटा समिति गठन गरेको छ।
  • पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा राजनीतिक तथा प्रशासन समिति गठन गरिएको छ।
  • आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।

२४ पुस, विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठित मन्त्रीपरिषद्को पहिलो बैठकले तीन वटा समिति निर्माण गरेको छ ।

मंगलबार प्रदेशको मन्त्रिपरिषद्को सेट नै परिवर्तन भएको थियो । बिहीबार बसेको बैठकले मन्त्रीको संयोजकत्वमा तीन वटा समिति गठन गरेको हो ।  समितिले सरकार सञ्चालनका लागि सुझाव प्रदान गर्नेछ ।

पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा राजनीतिक तथा प्रशासन समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।

बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?