+

बीपीएलमा सन्दीपको अर्को विकेट, राजशाही भने पराजित

२०८२ पुष  २५ गते १७:३९ २०८२ पुष २५ गते १७:३९
बीपीएलमा सन्दीपको अर्को विकेट, राजशाही भने पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगको तेस्रो खेलमा ४ ओभर बलिङ गर्दै २१ रन दिएर १ विकेट लिए।
  • राजशाही वारियर्सलाई चट्टोग्राम रोयल्सले अन्तिम बलमा २ विकेटले हरायो र १२९ रनको लक्ष्य पूरा गर्‍यो।
  • सन्दीपले हालसम्म ३ खेलमा जम्मा ४ विकेट लिएका छन् र राजशाही चौथो स्थानमा छ।

२५ पुस, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आफ्नो तेस्रो खेल खेलेका नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

राजशाही वारियर्सबाट खेलिरहेका सन्दीपले शुक्रबार चट्टोग्राम रोयल्ससँगको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन दिएर १ विकेट लिए । उनले विपक्षी कप्तान मेहदी हसनको विकेट लिएका थिए ।

खेलमा राजशाही भने पराजित भयो । राजशाहीलाई चट्टोग्रामले अन्तिम बलमा २ विकेटले हरायो । १२९ रनको लक्ष्य चट्टोग्रामले अन्तिम बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अन्तिम ओभरमा १० रन आवश्यक हुँदा हसन नवाजले पहिलो र दोस्रो बलमा २-२ विकेट लिए भने तेस्रो बलमा चौका प्रहार गरे । त्यसपछि २ बल डट खेलेका नवाजले अन्तिम बलमा २ रन लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजशाहीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । सन्दीपले ब्याटिङमा ५ रन बनाए ।

सन्दीपले हालसम्म ३ खेल मात्र खेलेका छन् । पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा १ विकेट लिए ।

राजशाहीले भने ६ खेलमा ४ जितसहित ८ अंक जोडेर चौथो स्थानमा छ ।

बंगलादेश प्रिमियर लिग सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय