+
+
Shares

धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १४:०८

जनकपुरधाम, पुस २६ गते । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।

झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए ।

स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?