+
+
Shares

कांग्रेस संस्थापन पक्षले आयोजना गरेका दुवै काउन्टर भेला स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १५:१८

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा आयोजना गरेका दुईवटा भेलाहरू स्थगित गरेको छ । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने भएको छ ।

दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

साथै कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

यसैबीच पार्टी निर्णयलाई सम्मान गर्दै भोलि र पर्सि हुने दुईवटा छुट्टाछुट्टै भेला स्थगित गरिएको केन्द्रीय सदस्य गुरु बरालले भने ।

‘पार्टीले ३ दिन कुनै कार्यक्रम नगर्नू भनेको छ । होमनाथ दाहाल पार्टीको ठूलो नेता हुनुहुन्थ्यो,’ बरालले भने, ‘उहाँको शोकमा कुनै कार्यक्रम नगर्नु भनेको भएर हामीले सबै कार्यक्रम स्थगित गर्‍यौं ।’

पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रिय, प्रदेश, जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पार्टीले गरेको छ ।

कार्यवाहक सभापति खड्काकाअनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रुपमा पारित गरेको थियो । यहीबीचमा कांग्रेस इतर पक्षले भने २७ गते नै विशेष महाधिवेशनको मिति तय गरेको छ ।

यसैबीच संस्थापन पक्षले काउन्टर भेला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?