२८ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।
अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्याएको थियो ।
अहिले मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ। अहिले भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4