+
+
Shares

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला

जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते ११:०१
फाइल तस्वीर

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवशेको बन्द सत्रको तयारी भइरहँदा कोइराला आफू निकट केन्द्रीय सदस्य, कानुन व्यवसायीहरूसँगको छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । उनका अनुसार बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन् ।

कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?