+
+
Shares

घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ अंकमा कायम भएको छ।
  • नेप्सेमा ७५ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ र ७ कम्पनीको स्थिर रहेको छ।
  • सोमबार कारोबार रकम ४ अर्ब ९० करोडबाट ६ अर्ब ४७ करोडमा वृद्धि भएको छ।

२८ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ ।

परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो ।

७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घट्यो ।

विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनी छन् । त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.५३, बुङ्गल हाइड्रोपावरको ५.४१, ट्रेड टावरको ५.३०, सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै सुपर मादी हाइड्रोपावरको ४.२५, कालिका लघुवित्तको ३.८५, मायाखोला हाइड्रोपावरको ३.७१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, राधि विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट कम्पनी अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?