News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दा पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्दैछ।
- केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी एकता कायम राख्न नियमित र विशेष महाधिवेशन पक्षका नेताहरू लचक हुनुपर्ने बताए।
- नेता दीपक गिरीले पार्टी एकता नभत्किने गरी सुधार गरेर जान नेताहरू तयार रहेको विश्वास व्यक्त गरे।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिहँदा पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्दैछ । अहिले नेताहरू कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, दीपक गिरीलगायतहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन् ।
सानेपा पुगेका केन्द्रीय सदस्य बस्नेतले पार्टी एकता कायम राख्नका लागि नियमित महाधिवेशनको पक्षमा रहेका र विशेषको पक्षमा रहेका नेताहरू लचक हुनुपर्ने बताएका छन् ।
‘विशेष महाधिवेशन भनेर आएकाहरू पनि पार्टी एकताका कायम हुनुपर्नेमै हुनुहुन्छ । लोकतान्त्रिक पार्टी कायम राख्नका लागि नेताहरू लागिरहेका छन्,’ उनले भने, ‘चाहे यताका हुन् चाहे उताका हुन् नेताहरू मिलाएर जानुपर्ने हुन्छ । लचक हुनैपर्छ ।’
त्यस्तै नेता गिरीले पनि पार्टी एकता नभत्किने गरी सुधार गरेर जानुपर्ने बताए । ‘विशेष महाधिवेशनमा आएका साथीहरू र हामी पनि पार्टी एकताको पक्षमै छौँ,’ उनले भने, ‘पार्टी एकतामा खलल नपुग्ने गरी । सुधार गर्नुपर्ने कुराहरू सुधार गरेर जान नेताहरू तयार हुनुहुन्छ भन्ने विश्वास छ ।’
त्यस्तै नेता विजय गच्छदारले पनि पार्टी एकताका लागि आफूले पहल गरिरहेको बताए । ‘पार्टी विभाजन नहोस् भनेर एकताको पक्षमा लागिरहेका छौँ । मैले पार्टी विभाजन भोगेको छु देखेको छु,’ उनले भने, ‘देश संकटमा छ । यसबेला नेपाली कांग्रेसले पार लगाउने नै हो । कांग्रेसभित्र विश्वासको संकटको सामना गरिरहेको छ ।’
प्रतिक्रिया 4