+
+
Shares

इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयाँै मानिसको मृत्यु भइसकेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षा सल्लाह पालना गर्न अनुरोध गरेको छ।
  • परराष्ट्र मन्त्रालयले इरानको अवस्था सामान्य नहुँदासम्म त्यहाँ जान नजाने सिफारिस गरेको छ।
  • इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदा सयौं मानिसको मृत्यु भइसकेको छ र आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न भनिएको छ।

२९ पुस, काठमाडौं । सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।

इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले अघि सारेको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेको हो ।

परराष्ट्रले इरान जान चाहने नेपालीलाई इरानको अवस्था सामान्य नहुँदासम्म आफ्ना योजना अघि नबढाउन समेत अनुरोध गरेको छ ।

इरानमा रहेका नेपालीलाई आपतकालीन अवस्था आएको खण्डमा परराष्ट्र मन्त्रालय, काठमाडौं र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

इरानमा हाल सरकार विरोधी प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनका कारण हालसम्म सयाँै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?