News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ अन्तर्गत फेलोसिप कार्यक्रमका चौथो र पाँचौं समूहका सहभागीलाई बिदाइ गरी छैटौं समूहलाई स्वागत गरेको छ।
- कार्यक्रममा ४० सहभागीलाई प्रमाणपत्र वितरण गर्दै २० सहभागीलाई स्वागत गरिएको थियो र सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनी गरिएको थियो।
- नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले १७ हजार रोजगारी सिर्जना भएको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक भएको बताए।
२९ पुस, काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ ।
बैंकले सोमबार आयोजित ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट २०८२’ कार्यक्रममा चौथो र पाँचौं समूहका सहभागीलाई बिदाइ गर्दै छैटौं समूहका सहभागीलाई स्वागत गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौ समूहका ४० सहभागीलाई कार्यक्रमका सभापति नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्क केसीले प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा छैटौं समूहका २० सहभागीलाई स्वागत गरिएको थियो । सोही अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवा प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवालाई उद्यम मार्फत् नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरणका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
नबिल एसएसईका प्रशिक्षार्थीले देशमा १७ हजार रोजगारी सिर्जना गरिसकेको बताउँदै उनले यो कार्यक्रम अझ प्रभावकारी बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहने उललेख गरे ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय भएको उल्लेख गर्दै यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले काम गर्न पाउँदा खुुसी लागेको बताए ।
नबिल बैंक सञ्चालक निर्वाण चौधरीले बैंकले पाँच वर्षअघि सुरु गरेको यो कार्यक्रमका सहभागीलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेँ ।
‘पाँच वर्षको निरन्तर यात्रामा हामीले करिब २ सय उद्यम स्थापना गरी १७ हजारभन्दा बढी रोजगारी सिर्जना गरेका छौं, अहिले यो कार्यक्रम बैंक र विश्वविद्यालयको मात्रै नभई सबैको साझा कार्यक्रम भएको छ,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयका स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसई सुरुवाती दिनदेखि अहिलेसम्म कार्यक्रममा सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र यो सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भएको बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तगर्त सामाजिक उद्यमशीलतमा जोड दिइएको र उद्यमशीलताबाट देश विकासमा टेवा पुर्याउँदै आएको बताए ।
नबिल बैंकले मुलुकभरि सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२१ नोभेम्बर २६ देखि ‘नबिल एसएसई’ सुरु गरेको थियो । उद्यमशीलतामा नवीन सोच विकास तथा उद्यमशीलतामा आधारित समावेशी उद्यमलाई प्रशिक्षण, नेटवर्क र सहायता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रतिक्रिया 4