+
+

हल उद्घाटन गर्न सलमानले मागे साढे तीन करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १५ गते ९:१४

salman-khan-being-humanमुम्बई । हिन्दी फिल्म ‘किक’ को सफलतासंगै अभिनेता सलमान खानको बजार भाउ आकासिएको छ । विभिन्न भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार एउटा सिनेमा हल उद्घाटन गरेवापत सलमानले साढे तीन करोड पारिश्रमिक माग गरेका छन् उनले ।

लण्डनमा बन्दै गरेको एक सिनेमा हल उद्घाटनका लागि उनलाई निम्ता गरिएको थियो । निम्तो पाए लगत्तै उनले आफ्नो रेट साढे तीन करोड भन्दै तीन करोड आफ्नो लागि र पचास लाख आफ्ना स्टाफका लागि भनेका थिए ।

सलमानको उक्त प्रस्तास सुने लगत्तै उनलाई निम्ता गर्नेहरुले प्रस्ताब स्वीकार गरेका छन् । त्यसो त उनले आगामी दिनमा कार्यक्रम हेरेर महत्वपूर्ण कार्यक्रममा मात्रै सहभागी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?