+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारण सभाबाट वित्तीय विवरण पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा ३० पुस काठमाडौंमा सम्पन्न भएको छ।
  • बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
  • बैंकको कुल निक्षेप ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको र खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ।

३० पुस, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरी छलफलपश्चात पारित भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

कर्जा प्रवाहको क्षेत्रमा २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?