+
+
Shares

गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

थप भावविह्वल बनेको सुनाउँदै ती केन्द्रीय सदस्यले थपे, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरू लाई मनाउन सकिनँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:४९

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ ।

यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो ।

कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा खड्का भावविह्वल बनेका थिए ।

‘यतिधेरै गर्दानी नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी  सकिन बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए ।

उनी थप भावविह्वल बनेको सुनाउँदै ती केन्द्रीय सदस्यले थपे, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरू लाई मनाउन सकिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?