+
+
Shares

हिरासतबाट फरार थुनुवा पक्राउ

हिरासतबाट भागेका दुई थुनुवा पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिरासतबाट भागेका दुई थुनुवा उर्गेन लामा र उमेश भ्लोनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
  • उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् र जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा थिए।
  • थुनुवा दुवैलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ।

३० पुस, काठमाडौं । हिरासतबाट भागेका दुई थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण घर भएका २९ वर्षीय उर्गेन लामा र बाराको सिमराका २९ वर्षीय उमेश भ्लोन छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरू जेनजी आन्दोलनको क्रममा २४ भदौमा फरार भएका थिए ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?