+
+
Shares

बिहानै महामन्त्री पद छाडिसकेँ, कारबाहीको औचित्य छैन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:३९

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे ।

पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्दै उनले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गरे ।

‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ,’ उनले भने, ‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’

उनले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?