+
+
Shares

विशेष पक्षधरको नेतृत्व चयनमा ढिलाइ, निर्वाचन कार्यक्रम पुन: संशोधन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते २२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया थप ढिलाइ भएको छ।
  • केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम पुनः संशोधन गरी मनोनयन दर्ता फिर्ताको समय राति ११ देखि ११ बजेर २० मिनेटसम्म राखेको छ।
  • उम्मेदवारको अन्तिम नामावली ११ बजेर ३५ मिनेटमा प्रकाशन हुने र मतदान राति २ बजेदेखि बिहान ५ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा थप ढिलाइ भएको छ ।

सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेकाले केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम पुन: संशोधन गरेको छ ।

संशोधित कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय राति ११ देखि ११ बजेर २० मिनेटसम्म राखिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ बजेर ३५ मिनेटमा हुने र

राति २ बजेदेखि बिहान ५ बजेसम्म मतदानको समय तय गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?