News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' २५ डिसेम्बर २०२५ मा रिलिज भएको थियो र बक्स अफिसमा फ्लप साबित भयो।
- अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिकबाट करिब १५ करोड रुपैयाँ निर्मातालाई फिर्ता गरिदिएका छन्।
- धर्मा प्रोडक्सनका अनुसार कार्तिक र निर्माता करण जोहरबीच कुनै समस्या छैन र भविष्यमा अर्को फिल्मका लागि छलफल भइरहेका छन्।
मुम्बई । कार्तिक आर्यन र अनन्या पाण्डेको फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ २५ डिसेम्बर २०२५ मा रिलिज भएको थियो । यद्यपि, यो फिल्मले बक्स अफिसमा अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेन र फ्लप साबित भयो ।
यो सन्दर्भमा ‘बलिउड हंगामा’ को एउटा रिपोर्टमा दाबी गरिएअनुसार, फिल्म नचलेपछि अभिनेता आर्यनले आफ्नो पारिश्रमिकबाट करिब १५ करोड रुपैयाँ निर्मातालाई फिर्ता गरिदिएका छन् ।
यो फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा बनेको थियो । कार्तिकको यो निर्णय यस्तो समयमा आएको छ, जब फिल्म फ्लप भएपछि कार्तिक र निर्माता करण जोहरबीच मनमुटाव भएको अड्कलबाजी काटिँदै थियो ।
यद्यपि, स्रोतले भने दुईजनाबीच कुनै समस्या नरहेको दाबी गरेको छ । धर्माको ट्यालेन्ट एजेन्सी र कार्तिकको सम्बन्ध अहिले पनि उस्तै रहेको बताइएको छ ।
कार्तिक यतिबेला धर्मा प्रोडक्सन्सको फिल्म ‘नागजिला’ को छायाङ्कन गरिरहेका छन् । धर्मासँग सम्बन्धित स्रोतका अनुसार अभिनेता र निर्माताबीच सबै कुरा ठीक छ र दुवैजना भविष्यमा अर्को एउटा फिल्मका लागि पनि छलफल गरिरहेका छन् ।
फिल्म ‘तू मेरी मैं तेरा, मैं तेरा तू मेरी’ को अनुमानित बजेट करिब ९० करोड भारु थियो । कमाइको कुरा गर्दा, यसले भारतमा करिब ३२.४५ करोड भारु र विश्वभर करिब ४७.०५ करोडदेखि ४९.५ करोड भारुको बीचमा कारोबार गरेको थियो ।
यसै कारणले गर्दा यो फिल्म बक्स अफिसमा फ्लप मानिएको थियो । कार्तिक र अनन्या बाहेक फिल्ममा ज्याकी श्राफ, नीना गुप्ता र टिकु तलसानिया जस्ता कलाकार पनि देखिएका थिए ।
प्रतिक्रिया 4