+
+
Shares

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उपलब्ध गराएको छ।
  • इमास ७ मा १६० किलोवाट क्षमताको मोटर र ४,६१५ मिमी लम्बाइ छ, जसले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव दिन्छ।
  • जगदम्बा मोटर्सले नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक आयात र बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

२ माघ, काठमाडौं । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाएको छ ।

ईभी पारखी र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७ मलेसियाको एक नम्बर इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।

शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्नेगरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ । ‘४,६१५ मीमी लम्बाइ र १८० मीमी ग्राउण्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स रहेको छ । कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?