+
+
Shares

केपी ओलीको प्रश्न- एमालेमा जस्तो डेमोक्रेसी अन्यत्र कहीं छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने गरेको बताएका छ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने दाबी गर्नुभएको छ।
  • ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक तीन घण्टामा सकिने र महाधिवेशन मिति झ्याप्प तोकिने बताउनुभएको छ।
  • उनले महाधिवेशनमा कुनै रोकतोक नहुँदा जसलाई जुन पदमा उठ्न मन लाग्छ उठ्न पाएको र भोटले निर्णय हुने उल्लेख गर्नुभएको छ।

२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको असली अभ्यास हुने गरेको बताएका छन् ।

काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘हाम्रो जति डेमोक्रेटिक पार्टी … अरुको देख्नुभएन ? केन्द्रीय कमिटीको बैठक डेढ महिना चल्दा हामी तीन घण्टामा केन्द्रीय कमिटीको बैठक सकेर हामी काममा लाग्छौं । अरुलाई महाधिवेशन कहिले गर्ने भनेर मिति तोक्न डेढ महिना लाग्छ, तैपनि तोकिँदैन । हामी त झ्याप्प मिती तोक्छौं, ड्याम्म गर्छौं ।’ एमाले अध्यक्ष ओलीले भने ।

पार्टीको महाधिवेशनमा जसलाई जुन पदमा उठ्न चाहे पनि उम्मेदवार हुन पाएको उनले बताए ।

‘कुनै रोकतोक छैन, जसलाई उठ्न मन लागेको छ उठेको छ । भोट दिए भने जितेको छ, भोट दिएनन भने आइया ! स्वभाविक कुरा हो’ ओलीले भने, ‘हाम्रोमा जस्तो डेमोक्रेसी अन्त कहीँ छ ? डेमोक्रेसीको निर्वाध प्रयोग हाम्रो पार्टीमा छ । यो पार्टीसँग अरु पार्टीको तुलनै हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?