News Summary
Generated by OK AI. Editorially reviewed.- सरकार र 'राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल'का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन भएको छ।
- प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान राखेका थिए।
- सरकार र दुर्गा प्रसाईंसहित प्रदर्शन शान्तिपूर्ण गर्ने र समाज भड्काउने अभिव्यक्ति नदिनेलगायत सम्झौताको तयारी भइरहेको छ।
२ माघ, काठमाडौं । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा दुर्गा प्रसाईं र उनका प्रतिनिधिबीच छलफल भएको थियो ।
छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका थिए । ‘उहाँले आफूमाथि लागेका सबै मुद्दा जसरी पनि फिर्ता हुनुपर्छ भन्ने अडान राखिराख्नुभयो,’ सिंहदरबार स्रोतले भन्यो,’अडान नछोडेपछि प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक छ अहिले म गएँ । बैठकपछि छलफल गरौँला भनेर निस्किनु भयो ।’
मन्त्रिपरिषद् बैठकपछि सरकार र प्रसाईंबीच पुन: छलफल हुँदैछ ।
सरकार र दुर्गा प्रसाईंबीच एक सम्झौता गर्ने तयारी छ । ‘प्रदर्शन शान्तिपूर्ण गर्ने, समाज भड्काउने अभिव्यक्ति नदिनेलगायतका विषयमा प्रसाईंसहितसँग सम्झौताको तयारी छ,’ स्रोतले भन्यो,’सरकारले उनका मागबारे अध्ययन गर्ने समझदारी हुँदैछ ।’
सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रतिक्रिया 4