News Summary
Generated by OK AI. Editorially reviewed.- ड्रेस टु इम्प्रेस सिजन १२ मा ११९ प्रतिस्पर्धीबाट चार डिजाइनर उत्कृष्ट घोषित भएका छन्।
- आईआईएफटीले आयोजना गरेको प्रतियोगितामा चार थिममा विजेताहरू चयन भएका छन्।
- प्रतियोगितामा नगद र अवार्ड प्रदान गरिएको छ र फेसन शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को सिजन १२ मा चारजना डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए ।
आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतियोगितामा डिजाइनरलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरेर ४ वटा थिम दिइएको थियो ।
डेनिम फिचरतर्फ रेजिना श्रेष्ठ, ग्ल्याम इन प्याचतर्फ प्रतीक गुरुङ, एक्जोटिक फौनातर्फ इमायुङ राई र इकोज अफ टाइमतर्फ युयान वाङ (सेलिना शाही) विजेता बने ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतिस्पर्धामा सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धा अनुसार विजेता समेत छानिएको थियो । जसमा आईआईएफटी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड नीलम दासलाई, स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड आयुषा श्रेष्ठ, पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले हात पार्न सफल भए । विजयीलाई नगद र अवार्डले पुरस्कृत गरियो ।
निर्णायकमा महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे, अंकित माइती रहेका थिए । एफएनसीसीआईका पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मिस नेपाल लुना लुइँटेल, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल अर्थ सोनी घले, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, मिस नेपाल कोस्मो दीपशिखा नेपाल शो-स्टपरको रुपमा प्रस्तुत भए ।
डिप्लोमा कोर्स अध्ययन गर्दै गरेका विद्यार्थीलाई कार्यक्रममार्फत फेसन सम्बन्धी ज्ञान दिने उद्देश्य उक्त संस्थाले लिएको छ ।
फेसन डिजाइनर बन्न चाहनेका लागि हब बनेकोे आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्स गराउँदै आएको छ । बागबजार प्लाजा र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटी रहेको संस्थामा इन्टेरियर डिजाइनको समेत कोर्स गराउँदै आएको छ ।
प्रतिक्रिया 4