News Summary
Generated by OK AI. Editorially reviewed.- शेरबहादुर देउवा नेतृत्वको नेता डा प्रकाशशरण महतले निर्वाचन आयोगको गगन थापा नेतृत्वलाई पार्टीको आधिकारिकता दिने निर्णय मान्न नसकिने बताउनुभयो।
- महतले आयोगको निर्णयमा दलसम्बन्धी नियम र पार्टीको विधान नजरअन्दाज गरिएको आपत्ति जनाउनुभयो।
- उहाँले अब छिटै बैठक बसेर आगामी कदमबारे निर्णय गर्ने बताउनुभयो।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् ।
आयोगको निर्णय सार्वजनिक भएलगत्तै अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए ।
‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दल सम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिंदैन’, उनले भने ।
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4