+
+
Shares

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट ४ माघमा राजीनामा दिने बताएका छन्।
  • गौतमले २०७७ असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए र उनको कार्यकाल फागुन २० गते सकिँदैछ।
  • उनले २०४८ सालदेखि बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका छन् र २०७० मा प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए।

३ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने बताएका छन् । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिएका हुन् ।

उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताए । त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए ।

एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसपछि बर्दिया १ बाट चुनाव नलडेका उनी अहिले पुन: सो निर्वाचन क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।

उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?