+

टी-२० विश्वकपका लागि इटलीको टोली घोषणा

२०८२ माघ  ३ गते २०:३८ २०८२ माघ ३ गते २०:३८
टी-२० विश्वकपका लागि इटलीको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटलीले आईसीसी पुरुष टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • इटलीले फेब्रुअरी ९ मा बंगलादेश र फेब्रुअरी १२ मा नेपालसँग खेल्दै विश्वकपमा डेब्यू गर्नेछ।
  • टोलीको कप्तानी वेन म्याडसेनले गर्नेछन् र जेजे स्मट्स पनि टोलीमा छन्।

३ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपका लागि इटलीको १५ सदस्यीय टोली घोषणा भएको छ। पहिलोपटक विश्‍वकप खेल्न लागेको इटलीले फेब्रुअरी ९ मा कोलकाताको इडेन गार्डेनमा बंगलादेशविरुद्ध खेल्दै टी–२० विश्वकपमा डेब्यू गर्नेछ भने फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

टोलीको कप्तानी अनुभवी खेलाडी वेन म्याडसेनले गर्नेछन्। टोलीमा दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर जेजे स्मट्स पनि समावेश छन् । स्मट्सले यसअघि दक्षिण अफ्रिकाका लागि १३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चोटका कारण एमिलियो गे भने विश्वकप खेल्न पाउने छैनन्।

अस्ट्रेलियाको बिग ब्यास लिगमा समेत खेल्ने बेन मानेन्ती र ह्‍यारी मानेन्ती दाजुभाई पनि इटलीको टोलीमा छन् ।

इटलीले आईसीसी पुरुष टी–२० विश्वकप युरोप छनोट २०२५ मा ऐतिहासिक प्रदर्शन गर्दै स्कटल्याण्ड र गुएर्न्सीलाई पराजित गरी दोस्रो स्थान हासिल गरेको थियो। यस सफलतासँगै इटली नेदरल्याण्ड्ससँगै विश्वकपका लागि छनोट भएको हो।

प्रतियोगितामा इटली समूह ‘सी’ मा दुईपटकका च्याम्पियन इंग्ल्याण्ड र वेस्ट इन्डिज तथा बंगलादेश र नेपालसँगै रहेको छ।

इटलीको टोली: वेन म्याडसेन (कप्तान), मार्कस क्याम्पोपियानो, जियान पिएरो मिड, जैन अली, अली हसन, क्रिशान जोर्जे, ह्यारी मानेन्ती, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नक्वी, बेन मानेन्ती, जसप्रीत सिंह, जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट, थोमस ड्राका।

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय