३ माघ, भोजपुर । नेपाली कम्युनिस्ट पार्टीले भोजपुरमा अजम्बर राई काङमाङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई प्रतिनिधि सभा उम्मेदवारको टिकट थमाएका हुन् । राईलाई टिकट दिदै प्रचण्डले जितेर आएपछि सरकारमा लैजाने आश्वासन पनि दिएका छन् । ‘उहाँ जितेर आएपछि राजकीय पदमा, सरकारमा जहाँ हुन्छ, उहाँलाई सम्बोधन गरिनेछ र भोजपुरको जनताको समृद्धि र विकासमा नयाँ प्रक्रिया अगाडि बढ्नेछ,’ प्रचण्डले भनेका छन् ।
पार्टीको टिकट पाएपछि राई भोजपुर पुगिसकेका छन् । काठमाडौंबाट जिल्ला छिर्ने क्रममा चखेवा भञ्ज्याङको माटोलाई ढोक्दै राईले तारा चिन्हमा मत मागेका छन् ।
‘तारा चिन्हमा मत दिनुहोला । म भोजपुरका भुईँ तहका मान्छे र सिंहदरबारबीच पुलको काम गर्नेछु, बिटुलिएको राजनीतिलाई सही बाटोमा ल्याउन काम गर्नेछु,’ राईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
प्रतिक्रिया 4